आफूलाई जेन–जी भन्दै नाङ्गै पारेर कुटपिट गरेको भन्दै कञ्चनपुरका नरेश धानुकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै कांग्रेसका अमर बोहोराको नाम लिएका छन् । बोहोराले आफूलाई नाङ्गै पारेर कुदाएको, शोषण र अत्याचार भएको भन्दै उनले आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।
‘शोषण, अत्याचारका कारणले म फाँसी दिन गइरहेको छु । कांग्रेसको अमर बोहोरा भन्ने व्यक्तिले मलाई कुटपिट गर्यो । मलाई जेन–जी भनेर कुटपिट गर्यो । मलाई नाङ्गै बनाएर पनि डौडायो । मलाई कसैले हेर्न सकेन,’– उनले भनेका छन् ।-reportersnepal
प्रतिकृयाहरु