पोर्टल्याण्ड, वैशख ५ गते । अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ ।

आइतबार बेलुका ८ः४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।