बूढानीलकण्ठ नगरपालिकाभित्र कार्यरत रहेका जनप्रतिनिधी, स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेकाहरुको आज दोस्रो आरडिटी परिक्षण सम्पन्न भएको छ। आज करिव १९० जनाको आरडिटी टेष्ट सम्पन्न गरिएको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। बूढानीलकण्ठ नगरपालिका कार्यलय भवनमा गरिएको दोस्रो चरणको परिक्षणमा कुल १९० जनामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको उहाँले बताउनुभएको छ। 

आज परिक्षण गरिएको कुल १९० जनामध्ये १५७ पुरुष, ३३ जना महिलाको परिक्षण गरिएको थियो भने ११ जना आरडिटी पोजेटिभ देखिएका मध्ये ८ जना पुरुष, ३ जना महिला रहेका छन्। आरडिटी पोजेटिभ आउने ११ जना सहित गरि कुल ४१ जनाको पिसिआर टेष्टको लागी स्वाब संकलनको कार्य गरिएको वडा १० का अध्यक्ष तथा नगरका प्रवक्ता नवराज भट्टराईले जानकारी प्रदान गर्नुभएको छ। आज पोजेटिभ देखिएका व्यक्तिहरु नगरपालिकाका कर्मचारी र आम नागरिक रहेको उहाँले बताउनुभएको छ।

आज पोजेटिभ आएका व्यक्तिहरुको समेत स्वाब संकलन गरि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा पठाइने छ। साथै उक्त व्यक्तिहरुको व्यवस्थापनका लागि क्वारेन्टिनको व्यवस्था मिलाइने जनस्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिनुभएको छ। दुईदिन नगरपालिकाभित्र गरिएको परिक्षण पश्चात् नगरपालिका भित्रका विभिन्न क्षेत्रमा कार्यरत रहेका कुल ३२ जनामा आरडिटी पोजेटिभ देखिएको छ।   

बूढानीलकण्ठ नगरपालिकाको वडा १ देखि वडा ५ वडा समिति तथा जनप्रतिनिधिहरु, कर्मचारी, जोखिममा रहेका व्यक्तिहरु, स्वास्थ्यकर्मी र अन्य स्थानबाट नगरपालिका प्रवेश गरेका व्यक्तिहरुको आज परिक्षण भएको हो।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं १२ मा देखिएको कोरोना संक्रमणको नतिजा प्राप्त भएपश्चात् उक्त वडाहरु साथमा पूरा नगरपालिकाले उच्च सतर्कता अपनाएको छ। हिजोबाट अग्रपङ्तिमा कार्यरत रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जोखिममा रहेका विभिन्न व्यक्तिहरु लगायत दुई स्थानमा गरिएको परिक्षणमा कुल २४६ मा २१ जनामा ऋरढिटी पोजेटिभ देखिएको थियो। 

 कोभिड-१९ को सङ्क्रमणको जोखिम हाल प्रत्येक स्थानमा बढ्दो क्रम रहेको छ। यसबाट बच्नका लागि अझै बढि सतर्कता अपनाउनुपर्ने जरुरत रहेको दाहालले बताउनुभयो र साथै कुनै पनि सामाजिक सञ्जालमा आउने अफवाहहरुमा ध्यान केन्द्रित नगर्न नगरपालिका तथा शाखा प्रमुख दाहालले आग्रह गर्नुभएको छ। 

हालसम्म अन्य विवरण तथा जानकारी आइनसकेको समेत प्रमुख दाहालले जानकारी दिनुभएको छ।