काठमाडौँ । धनगढीमा चोर समात्न गएका प्रहरीले मोबाइल चोरेका छन्। माघ ५ गते मोबाइल ग्यालरीमा लागु औषध कारोबारी भइरहेको सूचनाको आधारमा प्रहरी उक्त ग्यालरीमा पुगेका थिए।

त्यही क्रमा प्रहरी हवल्दार होमबहादु माल र जवान भरत बुढाले उक्त ग्यालरीबाट एक–एक वटा मोबाइल चोरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्।

त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएका थिए। प्रहरी टोलीमा गएका माल र बुढाले एक–एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

उनीहरुबाट चोरी भएको मोबाइल समेत बराम भएको छ । पक्राउ परेकालाई शुक्रबार म्याद थपका लागि अदालतमा लैजाने प्रहरीको तयारी छ।