काठमाण्डौँ उपत्यकाको नजिक घुमघाम तथा दर्शनका लागि पछिल्लो समय प्रख्यात रहेको स्थान चन्द्रागिरीमा आज हिमपात भएपश्चात् सो स्थानमा थुप्रै व्यक्तिहरु हिउँ हेर्न र रमाउनका लागि घुइँचो लागेको थियो। हिजो रातीदेखिको निन्तर वर्षा पश्चात्

आज चन्द्रागिरीमा हिउँ परेको खबर बिहानीपख सामाजिक सञ्जालहरुमा पोस्ट भएसँगै आन्तरिक पर्यटकहरु हिउँ खेल्न र मनोरञ्जनका लागि त्यस स्थानमा पुगेका थिए। त्यस स्थानमा यस वर्षको यो पहिलो पटक हिउँ परेको हो। पर्यटकहरुले हिउँ खल्नुका साथै विभिन्न किसिमका अन्य खेलहरुको समेत मज्जा लिएका थिए। 

गए रातिदेखिको वर्षाका कारण अहिले काठमाण्डौं लगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा चिसो बढेको छ जसका कारण हिमाली क्षेत्रमा भने जनजिवन निकै प्रभावित भएको छ ।