बूढानीलकण्ठ नगरपालिका वडा नं १ स्थित निर्माणाधिन रहेको फुलबारी मार्गको सडक कालोपत्रे गरिने भएको छ। सो कार्यका लागि सम्पूर्ण तयारी भइसकेको र केहि दिनमानै कालोपत्रे गरिने वडा कार्यालयले सूचना मार्फत जानकारी प्रदान गरेको छ। 

कालोपत्रे गरिन र गुणस्तरीय र बलियो बनाउनका लागि उक्त सडकखण्डको दायाँ-बायाँ बसोबास गर्दै आएका वडा वासी तथा उपभोक्ताहरुलाई आ-आफ्नो खानेपानी पाईप, मंगल आदि यथाशिघ्र व्यवस्थापन गर्न अनुरोध गरिएको छ। 

सो कार्यको तिब्रताका लागि अन्य आवश्यक सहयोग गरिदिन सम्बन्धित सबैमा वडा कार्यालयले सूचित गरेको छ।