वीरगञ्ज, माघ ३ गते । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका प्रशासन शाखा अधिकृत जयनारायण रायले सोमबार सूचना जारी गर्दै न्यायाधीशसहित २३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमण पुष्टि हुनेमा १ जना न्यायाधीश, १ जना रजिष्ट्रार, १ जना उप–रजिष्ट्रार ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा, १ जना कम्प्यूटर अपरेटरसहित २३ जना कर्मचारी रहेका छन् ।

रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले न्यायाधीशसहित २३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले अदालतले दिने सेवामा कटौती गरिएको बताउनुभयो । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको उहाँले बताउनुभयो ।