काठमाडौं– सर्वोच्च अदालतले विश्वकप हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने आदेश दिएको छ ।प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज सर्वोच्चले गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाएको थियो ।न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलेको हो ।मिडिया हबले उपभोक्ताबाट थप ५ सय रुपैयाँ लिने बताएको छ ।