आज बिहान बूढानिलकण्ठमा भएको यातयात मजदुर आन्दोलनको क्रममा केहि  सवारी साधनमा क्षति भएको छ भने केहि आन्दोलनकर्मीहरु पक्राउ परेका छन्।आन्दोलनको क्रममा आन्दोलनकर्मीहरुले प्रहरी प्रभागको कार्यालयमा ढुङ्गा मुढा गरे पछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रयोग गरेको  थियो।  
सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले मङ्गलबारको बन्द फिर्ता लिए पनि सार्वजनिक यातायात सुचारु भने हुन सकेको छैन । यातायात व्यवसायी र मजदुरहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ।केही निजी, ट्याक्सी, एम्बुलेन्स लगायतका सवारी साधन मात्रै चलेका छन् ।

-के कति क्षति भयो त्यसको पूर्ण बिवरण आएको छैन।