दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ ।

बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा कार्तिक २५ र २६ गते खेल सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको खेल व्यवस्थापन वडा नं ०४ को शिवपुरी युवा क्लबले गर्ने जानकारी नगरपालिकाले दिएको छ ।

वडा नं ०४ स्थित पासिकोट फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन पाउने छन् ।

प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क लाग्ने छैन ।

समुह दर्ता गर्नका लागि बूढानीलकण्ठ नगरपालिका अथवा शिवपुरी युवा क्लवलाई सम्पर्क गर्नुहुन आयोजकले जानकारी दिएको छ।

टिम दर्ता र थप जानकारीको लागि:

९८६६२९६८९८

९८४११६३७२०

९८४१९३५०६३