काठमाडौं, जेठ १ गते । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको २१ सय ३९ मतसहित पहिलो स्यान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ११ सय ९९ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह एक हजार ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । 

महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको २३३, स्वतन्त्रका सुमन सायमी २२१ मत परेको छ । प्रमुखमा निर्वाचन चिन्हहरु ढल्केको छातामा एक, तराजुमा २८, खड्गमा पाँच, सुगामा एक, तीरमा छ, साँचोमा एक, किताबमा चार, आधा खासेलो निकालिएको मकैको घोगामा एक, पुतलीमा एक र रिक्सामा एक मत परेको छ ।

 यसैगरी, आइतबार दिउँसो १ बजेसम्मको मतगणनामा महानगर उपप्रमुखमा हालसम्म गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत प्राप्त गुर्नभएको छ । एमालेका सुनिता डंगोलको २२३२ मत परेको छ । उपप्रमुखमा निर्वाचन चिन्हहरु गोलाकारभित्र हसिया हथौडामा तीन, ढल्केको छातामा एक, तराजुमा ९६, हलोमा ५४०, मादलमा एक, खड्गमा एक, लौरोमा २७३ र आँखीझ्यालमा २४४ मत परेको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको पाँच वटा काउन्टरमा मतगणना भइरहेकोमा पछिल्लो समय थप एक काउन्टरसहित छ वटा काउन्टरमार्फत मतगणना कार्य जारी रहेको खतिवडाले बताउनुभयो ।

-गोरखापत्र