बूढानीलकण्ठ नगरपालिकाका लागि नगर प्रमुख निर्वाचित भएका मिठाराम अधिकारीले तथा उप-प्रमुख अनिता लामाले आफ्नो कार्यभार सम्हालेका छन्। निवर्तमान प्रमुख उद्धव प्रसाद खरेल र निवर्तमान उप-प्रमुख रमादेवी राईले आज औपचारिक रुपमा वर्तमान प्रमुख र उपप्रमुखलाई पद हस्तातरण गरेका छन्।   

निर्वाचन आयोगका तर्फबाट निर्वाचन अधिकृत चमिला भट्टराईको अध्यक्षतामा आज सम्पन्न भएको नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा वर्तमान प्रमुख मिठाराम अधिकारीको आफ्नो मन्तव्यमा भ्रष्टाचारको विषय निकै चर्चामा रहेको बताउँदै यस विषयमा विभिन्न अन्य निकायहरुको समेत ध्यानाकर्षण रहेको बताएका छन्।

यसै विषयलाई ध्यानमा राख्दै यस नगरपालिकाका जनप्रतिनिधि लगायत नगरपालिकामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन देखि जवाफदेहिताका विषयमा समेत खबरदारी रहने उहाँले बताउनुहुन्छ। त्यो सँगै नगरपालिकाका कर्मचारी मात्रै नभई जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिने बताउनुभएको छ।

   

त्यसैगरि नगरपालिकाको नयाँ निर्वाचित उपप्रमुखले प्रमुख अधिकारीको भनाईलाई समर्थन गर्दै त्यो सँगै नगरपालिकाले प्रदान गर्ने सेवालाई यथार्थमा चुस्त-दुरुस्त बनाई सबै सेवाहरुलाई पेपरलेस बनाउने प्रतिवद्धता यस कार्यकालमा पूरा गर्ने बताउनुभएको छ।