काठमाडौँ, फाल्गुन ५ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा फुटबलर खड्कालाई दोषी ठहर गरेको हो । अदालतले खड्काको सबै प्रमाण हेर्दा थप छानविन आवश्यक नदेखिएपछि उहाँलाई दोषी ठहर गर्दै पाँच हजार रुपियाँ जरिवाना तोकिएको पनि उल्लेख गरेको छ ।

अख्तियारले खड्काविरुद्ध गत माघ १२ गते मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधिशद्वय अब्दिल अजिज मुसलमान र नित्यान्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । पूर्पक्षका लागि उपस्थित भएका खड्काको मुद्दाको पहिलो सुनुवाईमा नै विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रिय खेलकुद समिति) मा कार्यरत सई खडकाको आइए (प्रविणता प्रमाण पत्र तह) को शैशिक्षक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । छानविनका क्रममा दोषी ठहर गर्दै अख्तियारले खड्कविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्काले माध्यामिक शिक्षा परिषद् बाराणाशी उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारले दाबी गरेको थियो ।

प्रहरी सेवामा निरन्तर बहाल रही खड्काले २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको देखिएको पनि अदालतले ठहर गरेको छ । खड्काले ६ वर्षअघि नै प्रहरी सेजाबाट राजीनामा दिनुभएको थियो ।