महिलामाथि अत्यधिक हिंसा हुने देशमा अफ्रिकाका सुडान र रुवान्डा पर्दछन् । यसकै हाराहारीमा भारतभित्र बलात्कारका घटना हुने संयुक्त राष्ट्रसंघले जनाएको छ । भारतका २९ वटा राज्यमध्ये सबैभन्दा बढी बलात्कार हुनेमा उत्तर प्रदेश, बिहार, झारखण्ड, पश्चिम बंगाल र दिल्ली हुन् । सुसंस्कृत र सभ्यतामा केरला र मिजोरम राज्य पर्छन् । यी दुई राज्यमा त ९९ प्रतिशत मानिस शिक्षित र सभ्य छन् । यो युरोपको तुलना बराबर हो । आर्थिक रूपमा पञ्जाबलाई अहिलेसम्म भारतको कुनै राज्यले उछिन्न सकेको छैन । अपराधमा महाराष्ट्र नम्बर एकमा छ ।

हामी त्यहि देशका नागरिक हौँ जहाँ हरेक मिनेट बलात्कारका घटना हुने देशको छिमेकमा छौँ । उत्तर प्रदेश र बिहार संसारकै घृणित बलात्कारको क्षेत्रमा पर्छ । महिला हिंसाका दृष्टिकोणले बंगलादेश र पाकिस्तान भारतकै गुरु हुन् । यी दुई देशमा महिलाको जीवन नरकीय छ । बंगलादेश र पाकिस्तानमा महिलाहरू राजनीतिमा आउँछन् मात्रै तर घर, परिवार र समाजमा महिलाले पशु बराबर पनि अधिकार पाउँदैनन् । दिनभरि नेता बनेर हिंसाविरुद्ध भाषण गर्ने तिनै महिलाहरू रातभरि पुरुषबाट कुटिएका, बलात्कृत भएका घटना बंगलादेश र पाकिस्तानमा सामान्य हुन्छन् । छिमेकी त्यस्तो पाठशाला हो, जसको प्रभाव तुरुन्त फैलिहाल्छ । झन् ठूलो छिमेकीको असर सानालाई तुरुन्त छोपिहाल्छ ।

घर वरिपरिको वातावरण राम्रो भएन भने त्यसबाट परिवारले राम्रो शिक्षा कहिल्यै पाउँदैन । भारतले आफ्नो अपराध र बलात्कार नियन्त्रण गर्न सकेको छैन । अपराध घटाउन अर्बौं खर्चदेखि मृत्युदण्डका प्रावधानको भारतले प्रयोग गरिरहेकोे छ । तर, भारत विश्वमै अपराधको केन्द्र बन्दै गएको छ । दिल्लीलाई त बलात्कारको राजधानी नै भनिन्छ । सार्वजनिक बसदेखि रेल र घरघरमा बलात्कारका घटना सेकेन्ड सेकेन्डमा दिल्लीले बेहोरिरहेको छ । दुई महिनाअघि उत्तर प्रदेशको गाउँमा एक महिला सबैका अगाडि सामूहिक बलात्कृत भइन् । त्यो घटनामा कुनै गाउँलेले प्रतिवाद गरेनन् । निकै पाशविक थियो घटना ।

त्यस्तै, केहि दिनअघि मात्रै झारखण्ड राज्यको टाटा हाइवेमा बच्चाकी आमालाई बलात्कार गरियो । चार वर्षे बच्चालाई पेस्तोल ताकेर भएको त्यो बलात्कारको घटना विश्वभरका सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । निकै पाशविक र अक्षम्य अपराधपूर्ण थियो त्यो बलात्कारकाण्ड । घर, टोल, स्कुल, कलेज, कार्यालय जहीँतहीँ बलात्कार हुने गर्छ भारतका अधिकांश स्थानमा ।

अपहरण, एसिडको प्रयोग, बालिकामाथिको अपराध, महिलामाथि हुने सौदाबाजी, नांगो तस्बिर खिच्ने विकृति, सेक्स भिडियो खिचेर गर्ने अपराध र महिलाको सामाजिक स्वतन्त्रता माथिको प्रहार लगायतका कुकृत्यपूर्ण विकृति भारतबाट नेपाल छिरेका आपराधिक शैली हुन् । सूचना र प्रविधिको पहुँच हुनुभन्दा पहिले नेपालमा यस्ता प्रकारका अपराध भएकै थिएनन् ।

०५० सालअघि भारतबाट खासै अपराधका च्यानलहरू प्रवेश गर्दैनथे । अहिले नेपाल मा अपहरण एसिड प्रहार बालबालिका माथि बलात्कार का घटना दिनानु दिन बढ्दै गाको छ| त्यतिवेला नेपालभित्र हुने सामान्य घरेलु हिंसाबाहेक जघन्य अपराधले नेपाली समाज आक्रान्त थिएनन् । तर, अहिले नेपाली समाजका हरेक पुरुष हिंसाबाट ग्रस्त छन् कि झै गरी दैनिक बलात्कारका घटना घटिरहेका छन् । यसको मूलकारण भारतबाट आयातित अपराध र बलात्कारका कनेक्टिभिटी क्राइम एक्टिभिटिज हुन् ।

मानिसका लागि स्वतन्त्रता ठूलो अधिकार हो । प्रत्येक व्यक्तिका लागि खान, बस्न, लाउन, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतमा स्वतन्त्र अधिकार छ । यसमा कुनैको हस्तक्षेप वा आदेश चल्छ भने हस्तक्षेपकारी व्यक्ति हिंस्रक हो । पितृसत्तात्मक सोचबाट माथि उठेर समान स्वतन्त्रता दुवैलाई हुनुपर्छ । घरबाट निस्कन, घुम्न, साथीभाई भेट्न, रेस्टुरेन्ट गएर खान, मनोरञ्जन गर्न जसरी पुरुषलाई आवश्यक छ, त्यसरी नै प्रत्येक महिलालाई पनि उत्ति नै आवश्यक छ भन्ने घरका पुरुषले जान्नुपर्छ, बुझ्नुपर्छ ।

अपराध गर्नेलाई कुनै न कुनै रूपमा छुट दिने प्रवृत्तिले महिला हिंसामा बढोत्तरी ल्याएको छ । युरोप, अमेरिकालगायत विकसित मुलुकमा महिला जति स्वतन्त्र छन् उति उनीहरूमाथि हुने हिंसाका घटनामा कानुन कडा बनाइएको छ । उनीहरू मध्यरातमा निर्धक्क घुम्छन्, डुल्छन्, मस्ती गर्छन् । मनलागे पार्कमै सुत्छन्, तर असुरक्षा महसुस गर्दैनन् । कसैले कसैलाई दुर्व्यवहार त के जिस्क्याउनसम्म पाउँदैनन् । पार्कमै सुते पनि प्रत्येक महिला सुरक्षित छन् विकसित मुलुकमा । तर, हामीकहाँ घरभित्रै असुरक्षा छ । यदि कोही कसैले हिंसा गरे कानुनले कडा दण्ड दिने हो भने महिलाले आफूलाई स्वतन्त्र महसुस गर्ने थिए ।

हिंसाका घटनामा मेलमिलापजस्तो अर्को अपराध केही हुँदैन । कसैले महिला हिंसा ग¥यो भने माफी दिने, पैसामा लेनदेन गर्ने र नाता वा शक्तिको आडमा मेलमिलाप गर्ने प्रवृत्तिले हिंसाप्रेमीलाई प्रोत्साहन गरिरहेको छ । त्यसैले कुनै पनि सानो वा ठूलो हिंसा होस् सोहीअनुसारको सजाय पीडकलाई दिनैपर्छ । हिंसामा मेलमिलापले दोब्बर हिंसा जन्माउँछ ।

अधिकांश नेपाली पुरुष घरको आर्थिक कारोबार आफैँ गर्छन् । कमाउने जसले भए पनि आर्थिक हकदारदेखि सबै प्रकारका खरिद–बिक्रीमा महिला सहभागिता अनिवार्य हुनुपर्छ । यसले महिलाको मनोबललाई उच्च राख्दै पुरुषको ज्यादतीमा स्वतः निराकरण गर्न मद्दत पुर्याउँछ । पुरुषलाई जति हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृतिले स्वतन्त्र हुन दिएको छ, त्यति महिलालाई बाँधेको छ । यस्ता कुसंस्कारजस्ता संस्कृति खारेज गरेर महिलालाई पनि पुरुष बराबरको सामाजिक पहुँच बनाउन मद्दत गर्नुपर्छ ।

सभा–समारोहदेखि निर्णायक तहमा महिलालाई पन्छाएर गरिने निर्णय सामाजिक जालझेल हो । जनसंख्यामा महिला र पुरुष बराबर भएको यो समाजमा हरेक काम अधिकार र कर्तव्यमा महिलामाथि विभेद गर्नु भनेकै महिला हिंसाको कारण बन्ने गरेको छ । साँझबिहान होस् वा रातबिरात महिला स्वतन्त्रपूर्वक एकान्तमा बस्न सक्ने वातावरण छैन । उनीहरूलाई पनि शान्त स्थानमा रहन म साँझबिहान होस् वा रातबिरात महिला स्वतन्त्रपूर्वक एकान्तमा बस्न सक्ने वातावरण छैन । उनीहरूलाई पनि शान्त स्थानमा रहन मन लाग्छ । तर, एउटा साथीको सहारामा हिँडडुल गर्नुपर्ने असुरक्षाले हाम्रो सामाजिक परिवेश कति हिंसाग्रस्त छ भन्ने देखाउँछ । सही विषय र राम्रो काम गर्न स्वनिर्णय अधिकारबाट धेरै नेपाली महिला वञ्चित छन् ।

अविवाहित हुँदा आमाबुबाको र विवाहितपछि पतिको निर्णयमा भरपर्दा उनीहरूको सिर्जना त्यसै मरिरहेको छ । महिलालाई व्यक्तिगत हुने चाहनामा प्रश्न गरेर हामी पुरुषले सबैभन्दा ठूलो हिंसा गरिरहेछौँ । हाम्रापालामा यस्तो थियो, हेर त यो केटी यसरी हिँडेकी छे भन्ने पुरानाहरूको कथनबाट आममहिला त्रसित छन् । हाम्रापालामा महिलाले धेरै दुःख पाए, बरु अब नयाँले देखाएको बाटोमा जाँदा उन्नति, प्रगति र महिलाको अधिकार प्राप्ति हुन्छ भन्ने पुरानो पुस्ताले कहिल्यै बुझेन ।

हिजोका जड्ता पुराना चलनलाई जबर्जस्ती थुपार्न खोज्ने पुरानो पुस्ता महिला हिंसाको कारण बन्दै आएको छ । दलीय स्वार्थका नाममा नेपाल सधैँ राजनीतिक रूपमा अस्थिर बन्यो । फलस्वरूप कानुन, दण्ड, अधिकारका विषय बाझिए । राजनीतिक परिवर्तनका नाममा अपराधी छुट्ने मौका पाए । हिंसा गर्नेले संक्रमणकालको फाइदा लिँदै कानुनबाट उम्केर अपराध गरिरह्यो । नेपालमा विभिन्न कालखण्डमा भएका सशस्त्र द्वन्द्वले सबैभन्दा बढी महिलालाई सताएको छ । महिलालाई हतियार बनाएर निशाना लगाउने परम्परा चलिरह्यो । पछिल्लो माओवादी युद्धमा धेरै युवती युद्धमा होमिए, कति मारिए, तर जे–जति बाँचेका छन् उनीहरू कुनै न कुनै हिंसाबाट पीडित बने भारतको उत्तर प्रदेश, झारखण्ड र बिहार विश्वमै सबैभन्दा महिला हिंसाग्रस्त क्षेत्रमा पर्छ । यसैको सिमानामा हामी छौँ । त्यसैको प्रभावले तराईमा महिला सधैँ पीडित बनेर बाँच्नुपरेको छ ।

कानुन थाहा नपाएर एकथरीले हिंसा गरिरहेछन् भने अर्काथरीले गरिबीकै कारण महिला बेचबिखनदेखि अनेक गलत काममा महिलालाई प्रयोग गरेका छन् । पछिल्लोपटक देखिएका घटनामा नपढेका व्यक्तिले नै धेरै महिला हिंसा जन्माएका उदाहरण छन् । खासगरी महिला हिंसा जन्मनुको मुख्य कारकतत्व पुरुषप्रधान मुलुक भएर हो । प्राकृतिक रूपमा शारीरिक हिसाबले महिला कमजोर हुन सक्छन् । तर, अधिकारमा पनि पुरुषको मात्र राज चल्ने भएकोले महिलाले चाहेर पनि हिंसाबाट बच्न सकेका छैनन् ।

लेखः मेनुका कार्की