काठमाडाैँ, पुस २१ गते । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सारिएकाे छ । यसअघि पनि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो ।

माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ । 

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी रहेकाे छ ।