बूढानीलकण्ठ, पौष २५ गते । बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा फाईजर(P- fizer Bio- N- Tech) खोप पौष २७ बाट लगाईदैँ छ ।

काठमाडौं जिल्ला स्थित कोमिङ -१९ खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार कोभिड -१९ विरुद्धको खोप अभियानको सिलसिलामा बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई Pfizer Bio-N-Tech खोपको पहिला मात्रा संचालन हुन लागेको हो ।

खोप अभियान संचालन गर्नका लागि नगरपाालिका जनस्वास्थ्य महाशाखाले खोप केन्द्र, बिद्यालयको नाम, खोप संचालन हुने मिति र खोप सहजकर्ताको विवरण प्रकाशन गरेको छ ।

अभियान पौष २७ गते मंगलबार देखि संचालन हुन गई रहेको हुँदा नगरपालिका जनस्वास्थ्य महाशाखाको प्रकाशित तालिका अनुसार सम्बन्धित वडा कार्यालय र स्वास्थ्य संस्थाहरुसंग समन्वय गरी तोकिएको विद्यालयहरुमा लक्षित बालबालिकाहरुलाई खोप केन्द्र (विद्यालय) मा लगी खोप लगाउन हुन नगरवासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।

उक्त खोप अभियान संचालन गर्नको लागी  सम्बन्धित विद्यालयहरुका प्रधानाध्यापक ज्युहरुले खोप लगाउने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विद्यालयमा गराई सहयोग गरिदिनुहुन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

खोप केन्द्रः 

बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका विद्यालयहरु

खोप लगाउने उमेर समूहः

१२ देखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाहरु

खोप लगाउन आँउदा पालनागर्न पर्ने नियमहरुः

–खोप लगाउन विद्यालयमा जाँदा विद्यालयले कोभिङ १९ खोप रजिष्ट्ररमा अनिवार्य रुपमा विद्यार्थीको विवरण  भरेको हुनु पर्नेछ ।

–खोप लगाउन आउदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर अभिभावकहरुले पठाउन पर्नेछ ।

–खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेछ ।

 जनस्वास्थ्य महाशाखाको प्रकाशित तालिकाः