काठमाडौं, माघ ३ गते । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा तीन हजार ९ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा २९४९, भक्तपुरमा २०१, ललितपुरमा ७९५ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ७१ हजार ५१ जनामा कोरोना पृष्टि भएको छ। जसमा दुई लाख ५४ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २२ सय ४४ पुगेको छ । सक्रिय संक्रमित संख्या १३८६ पुगेको छ।

भक्तपुरमा अहिलेसम्म ३१ हजार ९८२ जनामा कोरोना पुष्टि भएको छ। जसमा २९ हजार ६९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या ४३८ पुगेको छ भने सक्रिय संक्रमित १८ सय ४६ जना रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५४ हजार ७९० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५० हजार ५२३ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७१२ छ भने ३५ सय ५५ जना सक्रिय संक्रमित छन् ।