स्थानिय निर्वाचन २०७४ मा बूढानीलकण्ठ नगरपालिका वडा नं २ बाट ने.क.पा (एमाले) का तर्फबाट वडाध्यक्ष निर्वाचित नगर कमिटी सचिवालयका सदस्य हुन् राजेन्द्र खड्का ।विकास प्रेमी खड्का इमान्दारीताका विषयमा निकै प्रभाव छोडेका व्यक्तिका रुपमा परिचित रहेका छन् । २०७४ को निर्वाचन  पश्चात् यस क्षेत्रका मतदातालाई निर्वाचन अघि गरेका प्रतिवद्धता तथा जनताका गुनासो तथा वडा वासीहरुको महत्वपूर्ण विषयहरुलाई ध्यानमा राख्दै प्रतिवद्ध भइ कार्यहरु गर्दै आएका छन् । आफ्नो ५ बर्षीय कार्यकालमा जनताले दिएका म्यान्डेटहरुलाइ मध्य नजर गर्दै  जन-भावना अनुरुप कार्य गर्न सफल भएको ठान्छन राजेन्द्र खड्का। तसर्थ वडा-२ मा इमान्दार वडा अध्यक्षका रुपमा छाप छोड्न सफल भएको पनि देखिन्छ।  


आफ्नो ५ बर्षीय कार्यकालमा नेतृत्व वर्ग संग सहकार्य गरि केहि गरेका कार्यहरुको विवरण :
वडा -२ अध्यक्षका कार्यकालमा ने.क.पा (एमाले) का अन्तरराष्ट्रीय कानून विषयमा प.एच.डी गरेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईको पहलमा वडाभित्र तथा नगरपालिकाका अन्य क्षेत्रधिकारमा रहेका वडाहरुमा थुप्रै विकासका गतिविधीहरुको थालनी तथा कतिपय अन्तिम चरणमा त कतिपय सम्पन्न भइसकेको अवस्थामा रहेका छन् । 

डा.भट्टराईको पहलमा निर्वाचन क्षेत्र नं ४ (२) मा पर्ने ८ वडाहरुमध्ये वडा नं २ मा मात्रै सडक सञ्जालहरु जोड्ने देखि विभिन्न पार्क निर्माण तथा सामाजिक क्षेत्रको विकास गतिविधीहरुको समेत सुरुवात भएका छन् । वडा नं २ मा निर्माण सम्पन्न भएको कालिका पार्क, जेष्ठ नागरिक पार्क, रुद्रेश्वर पार्क निर्माण गर्नुका साथै साप्रेढुंगा भंगाल सडक, चपली धोवीखोला सडक, पञ्चकन।या बँदेली सडक, मध्ये वासिक सडक जस्ता थुप्रै साना-ठूला सडक निर्माण भएका छन् । प्रत्येक घरमा खानेपानीको धारा वितरण गर्नका लागि समेत डा.भट्टराईको महत्वपूर्ण भुमिका रहेको छ । त्यस्तै सो वडामा प्रदेश सरकारको सहयोगमा, सिमलडाँडा खानेपानीको निर्माण, पञ्चकन्या धर्मशाला, रुद्रेश्वर धर्मशाला, महादेव कोलोनी योग भवन, जस्ता क्षेत्र पनि निर्माण गरिसकेका छन्।


प्रशासनिक क्षेत्रमा वडा नं २ को आफ्नै कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । ने.क.पा (एमाले) द्वारा शुरुवात गरेको सामाजिक क्षेत्र तथा समाजका जेष्ठ नागरिकहरुका लागि घरघर तथा हातहातमा जेष्ठ नागरिक भत्ता वितरण गर्ने पहिलो वडा, वडा नं २ लाई परिचित गराउन सहयोग गरेका छन्। 
जवाफदेहिता तथा पारदर्शिताको विषयमा समेत यस वडा उदाहरणीय रहेको छ । प्रत्येक तीन-तीन महिनामा वडागत आम्दानी तथा खर्च सार्वजनिक गराउने पहिलो वडा अध्यक्षको रुपमा परिचित गराउन सफल रहेको ने.क.पा (एमाले) को कार्य तथा नागरिकहरु बिचमा रहेर नगरवासीहरुकै आवश्यकतालाई प्रमुख विषय मान्दै दायित्व पूरा गर्दै आएको छ ।

बिकास निर्माणका बिषयलाई लिएर जे जति विवाद आएता पनि जति नै राजनैतिक बिषय बनाए पनि मेरो वडामा मेरो कार्यकाल अवधि भर भएका वास्तविक यथार्थ जनता माझ दिने प्रयास गरेको छु। 

तसर्थ पार्टीका तर्फबाट प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा ने.क.पा (एमाले) का तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।हालसम्मपूर्ण रुपमा नागरिकहरुको पक्षमा कार्य गर्दै आएको यसै पार्टीका उम्मेदवार डा.राजन भट्टराईलाई यस पटक प्रतिनिधी सभामा जनताले आफ्ना मत दिएर जिम्मेवारी दिनेमा म बिस्वस्त छु। निर्वाचन नजिकिंदै गर्दा म जनतालाइ के आग्रह गर्न चाहन्छु भने यस पटक धेरै बोल्ने भन्दा पनि काम गर्ने नेतालाई मौक्का दिनु होला। जनताको जय होस्। 
( निजि बिचारमा आधारित) 
 राजेन्द्र खड्का 
पुर्व वडा अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी वडा नं २ को संयोजक”