पूर्वसञ्चारकर्मी रवि लामिछानेको उपस्थितिमा सर्वाधिक चासोको रूपमा हेरिएको चितवन क्षेत्र नं.२ अन्तर्गत इच्छाकामना गाउँपालिकाको मतगणना कार्य सकिएको छ। यतिञ्जेलसम्म नेकपा एमालेका कृष्णभक्त पोखरेल अग्रस्थानमा छन्।

१० हजार ४६८ मत गणना हुँदा पोखरेलले तीन हजार ६२३ मत ल्याएर पहिलो स्थानमा छन् भने उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याइरहेका छन्। श्रेष्ठले तीन हजार २१६ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई हजार ९७८ मत पाएका छन्।