सन् २०२२ को जुन ५ तारिख अन्तरिक्ष यात्री लिउ याङले शन चौ १४ नम्बरको अन्तरिक्ष यानबाट अन्तरिक्ष स्टेशनमा काम गर्न प्रस्थान गरेकी थिइन्। अन्तरिक्षमा १८३ दिनसम्म बसेको अवधिमा उनी र उनका सहकर्मीहरुले धेरै जिम्मेवारी सम्हालेका थिए। साथै १८३ दिनको अवधिमा लिउ याङले फुर्सदको समयमा डायरी पनि लेखेकी थिइन्।
 
अन्तरिक्षमा काम गर्ने यो अवसर लिउ याङले दोस्रो पटक पाएकी हुन्। पहिलो पटकको अन्तरिक्ष यात्राको तुलनामा यसपटक उनको विश्वास अझै बढेको थियो।
 
सन् २०२२ को सेप्टेम्बर १ तारिख अन्तरिक्षमा बसेको ८९ औँ दिनमा लिउ याङ अन्तरिक्ष कक्ष बाहिर हिँडेको दिन थियो। उनी चिनियाँ अन्तरिक्ष स्टेशनको सानो मेकानिकल आर्ममा चढ्ने पहिलो महिला अन्तरिक्ष यात्री पनि हुन्। यस पटकको जिम्मेवारीमा उनीहरुले धेरै महत्त्वपूर्ण प्रविधिको परिक्षण गरेका थिए।CRI