शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु भएको छ ।
शिक्षामन्त्रालयका पदाधिकारी र शिक्षक प्रतिनिधिबिच मन्त्रालयमा केहीबेर अघिबाट वार्ता शुरु भएको हो ।
वार्तामा जानु अघि शिक्षक महासंघले आन्तरिक छलफल गरेको थियो ।
आन्तरिक छलफलपछि वार्तामा प्रस्तुतहुने विषय टुङ्गो लागएर बार्तामा जाने महासंघले जनाएको थियो ।
शिक्षक महासंघले वार्ता भइरहेपनि आन्दोलन जारी राख्ने निर्णय बमोजिम आन्दोलनको कार्यक्रम जारी राखेको छ ।
आज पनि शिक्षकहरु सदाजस्तै सडकमा आन्दोलित रहे ।
हिजो राति अबेरसम्म बार्ता भएको थियो । महासंघले सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभएको छ। ।
शिक्षा ऐन जारी गर्नुपर्ने यस अघिका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका ९ बुँदे माग गर्दै गत चैत २० गतेदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।
जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ ।।
प्रतिकृयाहरु