टोखा नगरपालिकाका १३ जनामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएका छन् ।

टोखा नगरपालिकाले बुधबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र , श्रीसमाज भवन, हेराल्ड कलेज र कान्तिपुर पब्लिक स्कुल गंगबुमा ५०८ जनाको आरडीटी परीक्षण गरिएकोमा १३ जनामा पोजिटिभ देखिएको टोखा नगरपालिका स्वास्थ्य शाखाले जनाएका छन् ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा  १,२,३ र ७ वडाका १५४ जनामा आरडीटी परीक्षण गरिएकोमा ७ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । जस अनुसार १ वडाका १ पुरुष, ३ वडाका १ पुरुष (मेडिकल स्टोर) र ६ वडाका ३ पुरुष  र २ महिलामा आरडीटी पोजेटिभ देखिएको हो ।  ६ वडाका आरडीटी पोजिटिभ देखिएका ४ जना तरकारी व्यवसायी र एक महिला मेडिकल स्टोरका रहेका छन् ।

श्रीसमाज भवनमा ४ र ५ वडाका १२३ जनामा आरडीटी परीक्षण गरिएकोमा ४ जनामा आरडीटी पोजिटिभ देखिएको छ । त्यस्तै गरी हेराल्ड कलेजमा ७, ८ र ११ वडाका १३४ जनामा आरडीटी परीक्षण गरिएकोमा २ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । भने कान्तिपुर पब्लिक स्कुल गंगबुमा ९ र १० वडाका ८२ जनामा आरडीटी परीक्षण गरिएकोमा सबैको नतिजा नेगेतिभ आएको टोखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रण लाल कुलालले जानकारी दिएका छन् ।

परीक्षणबाट आरडीटी पोजिटिभ भएकाहरुको स्वाब संकलन गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको टोखा नगरपालिकाले जनाएको छ ।

२ सय ९३ जनाको स्वाब संकलन

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखा नगरपालिकाले आफ्नो नगरमा रहेका मेडिकल स्टोर, तरकारी व्यवसायी, खाद्यान्न पसल  विदेशबाट  फर्केका तथा जनप्रतिनिधिहरुमा आज आरडीटी र स्वाब परिक्षणकार्य अगाडी बढाएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।

त्यस्तै बुधबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ८८ , श्रीसमाज भवन ५१, हेराल्ड कलेज ८८ र कान्तिपुर पब्लिक स्कुल गंगबुमा ६६ गरी २९३ जनाको स्वाब संकलन गरी पोलीमेरेज चेन रिएक्शन (पीसीआर) परीक्षणका लागि राष्ट्रिय जनस्वास्ध्य प्रयोगशाला टेकुमा पठाइएको उप प्रमुख ज्ञानमाया डंगोलले बताएका छन् ।

परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा २ दिनपछि आउने जनाएको छ ।

साभार न्यूज अफ टोखा