काठमाडौं, बूढानीलकण्ठ-८, हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलमा हवाई क्रियसन संगको सहकार्यमा प्रथम हवाई अन्तर विद्यालय स्तरीय चेसच्याम्पियनसिप २०२३ सम्पन्न भएको छ . चैत्र २ गते बिहान ११: ०० बजेदेखि सुरु भएको प्रतियोगिताको कार्यक्रमका सभापति एवम् नेसनल युनाइटेड स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक श्री रेवती प्रसाद दाहाल तथा उक्त च्याम्पियनसिपको कार्यक्रम निर्देशक रिजन थापालेसंयुक्त रुपमा उदघाटन गर्नुभएको थियो l

काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको उदघाटन समारोहमा नेसनलयुनाइटेड स्कुलबाट २०७६ सालको एसईई परीक्षा उत्तीर्ण भएकी चिकित्सा शिक्षा आयोगद्वारा हालै लिइएको चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2023) अन्तर्गत MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षापहिलो प्रयासमा नै उत्तीर्ण हुन सफल गरिमा के.सी. तथा उहाँकोअभिभावकलाई विद्यालयको तर्फबाट  सम्मान गरिएको थियो l

प्रतियोगिताको विभिन्न चरणबाट अघि बढ्दै फाइनल चरण प्रवेश गरेका प्रतियोगी मध्ये तिलिंगाटार मा.वि. कि छात्रा पूर्णिमा गुरुङले प्रथम स्थान हासिल गरि नगद रु. ५०००/- , मेडल तथा प्रमाणपत्र पाउँदा, नव ज्ञानभुमिस्कुलका छात्र आर्युष राज श्रेष्ठ द्वितीय स्थान हासिल गर्दै मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत भए भने बि.एन. एकेडेमी का छात्र अविन पाण्डे तृतीयस्थानका साथ मेडल तथा प्रमाणपत्र प्राप्त गरे .

विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको समापन समारोहमा च्याम्पियनसिपको  विजेताहरुलाई कार्यक्रमका सभापति रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल, कार्यक्रम निर्देशक रिजन थापा लगाएतले पुरस्कृत गर्नुभएको थियो l