नेपालले इरानमा सम्पन्न दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो । 

नेपाल सेमिफाइनलमा इरानसँग ६०–३७ अङ्कले पराजित बन्दै कांस्य पदक जित्न सफल भयो । क्वार्टरफाइनलमा भने नेपालले इराकलाई ६४–६३ अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । 

नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कास्य पदक जितेको छ । च्याम्पियनसिपको फाइनलमा भारतले आयोजक इरानलाई हराउँदै च्याम्पियन बनेको छ । 

च्याम्पियनसिपमा नेपाली टोलीबाट घनश्याम रोका मगर, इशरास खान, गणेश पार्की, दीपेन्द्र यादव, सागर यादव, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा र विजय दमाईले प्रतिस्पर्धा गर्नुभएको थियो ।