काठमाडौँ, असोज २४ गते । 

पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८६७ पीसीआर परीक्षण गर्दा २५ जना र ६७९ एन्टीजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा ५६९ जना सक्रिय सङ्क्रमित छन् ।

-गोरखापत्र