अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले २०२२ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड जित्नुभएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्ड जित्ने क्रममा ३५ वर्षीय मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नुभएको हो ।

अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप जिताउन महत्त्वपूर्ण योगदान दिनुभएका मेस्सीले गत सिजन क्लब र देशका लागि ४९ खेल खेल्दै २७ गोल गर्नुभएको थियो । पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो । 

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि अर्जेन्टिनालाई  विश्वकपको उपाधि दिलाउन सफल लियोनल स्कालोनीलाई प्रदान गरियो । यसैगरी महिला उत्कृष्ट वर्ष खेलाडीको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जित्नुभयो । महिला प्रशिक्षकको अवार्ड इङ्ल्यान्डकी सारिना विगम्यानलाई प्रदान गरियो । 

यस्तै फिफा उत्कृष्ट पुरुष गोलरक्षकको अवार्डअर्जेन्टिनाका एमिलियानो मार्टिनेज, महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्स, फिफा पुरस्कार अवार्ड मार्सिन ओलेक्सी र फेयर प्ले अवार्ड लुका लोचोसभिलीललाई प्रदान गरिएको छ