बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा संविधान दिवस २०७९ को अवसरमा बृहत सरसफाई कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। 

नगरपालिकाको नगर उपप्रमुख अनिता लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत भुवनेश्वर लामिछाने, प्रत्येक वडाका जनप्रतिनिधीहरु, नगरपालिकाका कर्मचारी, नगरपालिका युवा परिषद्, 

नगरपालिकाको युवासंघ, नेपाल खेलकुद महासंघ बूढानीलकण्ठको उपस्थिति रहेको थियो। 

सरसफाई कार्यक्रम हात्तिगौँडा नगरपालिकाको भवन नजिकबाट शुरु भई गोल्फुटारस्थित बास्केटबल कोर्टमा समापन गरिएको थियो। 

त्यस्तै नगरपालिकाको आयोजना तथा डि.आई स्किन केयर, काठमाडौँ नेत्रालय र प्रभु बैंकको सहकार्यमा नगरपालिकाको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमा करिव १२३ जना व्यक्तिहरुले छाल सम्बन्धि जाँच गराएका छन् भने १६२ जनाले आँखा जाँच गराएको नगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी प्रदान गरेको छ। 

त्यसका साथै बेलुका प्रत्येक वर्ष जसरी संविधान दिवसको अवसरमा आज दीप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ। नगरपालिकाको प्राङ्गणमा नेपाली नक्सा तथा झण्डा बनाई नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको उपस्थितिमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको थियो।