बुढानिलकण्ठ नगरपालिका वडा-६ च्यासिन टोल स्थति एक घरमा २१ गते राति ११ बजेको समयमा चोरी भएको थियो। घरमा चोरी भएपश्चात घर धनिले चोरी भएका सामाग्रीको बिवरण सहित प्रहरीलाई खबर गरेका थिए। चोरी गर्ने व्यक्तिको खोज तलास गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले २२ गतेका दिन धादिंग घर भई बुढानिलकण्ठ नगरपालिका वडा-६ च्यासिनटोल बस्ने ४५ बर्षको सुमन पाण्डेलाई पक्राउ गरि भाडामा बस्ने घरको कोठामा खान तलासी गर्दा चोरी भएका सामग्रीहरु सुनको बाला, नौगेडि सहितको मंगल सुत्र ,मोतीको माला, सुनको हार ,मुन्द्रा, घडि ,मोबाइल ,ल्यापटप र सिक्का पैसा फेला परेको थियो। पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौँ बाट ५ दिनको म्याद लीई थप महानगरीय प्रहरी वृत महारागंजले जानकारी दिएको छ।

प्रतिकृयाहरु