भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गर्न थालेको छ।

बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि यातायात सम्पर्क प्रभावित भएको क्षेत्रमा आवागमन सहज बनाउन नेपाली सेनाले अस्थायी प्रकृतिको एक्रो ब्रिज जडान गर्न लागेको हो।

सेनाको टोलीले पुल जडानका लागि आवश्यक काम अघि बढाइरहेको छ। एक्रो ब्रिज जडान भएपछि बाढीका कारण प्रभावित सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन तथा स्थानीयको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।