यूएईमा कार्यरत एकजना नेपालीले २ करोड दिराम (करिब ७२ करोड नेपाली रुपैयाँ) बराबर रकमको चिठ्ठा जितेका छन् । महजुज राफल ड्रमार्फत प्रथम उपहार २० मिलियन दिरामको चिट्ठा परेको हो ।

खालिज टाइम्सका अनुसार चालकको रुपमा कार्यरत ती नेपाली सन् २०२३ मा यूएईमा यति ठुलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्ती हुन् ।

यो चिट्ठा दुबई सरकारको अनुमतिमा हरेक हप्ता खोल्छ र एउटा टिकटको ३५ दिराम अर्थात १२५० रुपैयाँ तिरेर अनलाइनमार्फत किन्न मिल्छ । इलेक्ट्रिकल ड्र गरेर नम्बर निकाल्ने गरिन्छ ।

तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्‍याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।