काठमाडौं ,माघ १५ गते । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हराएको छ ।

शनिबारदशरथ रंगशालामा भएको खेलमा ५४ औं मिनेटमा अन्जन विष्टको पासमा विमल घर्ती मगरले गोल गरेका थिए । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्नुभएको हो ।

सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहनुभएको थियो ।

-गोरखापत्र