करुणा अस्पतालमा निःशुल्क डाएलेसिस सेवा प्रदान गरिँदै आएको छ। कपन ११ स्थित कपन गुम्बाको निगरानीमा रहेको माया दया स्वास्थ्य क्लिनिकको साझेदारी तथा समन्वयमा सो शुरु भएको हो। 

उक्त क्लिनिकका अध्यक्ष स्याङ्गे तेन्जिङ्ग शेर्पाको संयोजनमा करिव ३० वर्ष देखि उक्त क्लिनिकबाट विभिन्न किसिमका सेवाहरु प्रदान गरिँदै आएको छ। 

हाल करुणा अस्पतालमा विपन्न रहेका बिरामीहरुका लागि सहज रुपमा सेवा प्राप्त होस् भन्ने उद्धेश्य सहित सो कार्यको थालनी भएको स्थानिय भरत श्रेष्ठले बताउँछन्। सामाजिक विकास मन्त्रालयको विपन्न कोषबाट १० वटा शय्याको स्विकृति प्राप्त भइ हाल यस सेवा सञ्चालनमा ल्याइएको श्रेष्ठले बताएका छन्। 

दाएलेसिस गरिनुपर्ने अवस्थाका बिरामी तर आर्थिक स्थितिका कारण आफ्नो मृगौला फेल हुने लगायत विभिन्न समस्या भोगिरहेका बिरामीहरुका लागि अन्य औषधीहरु मात्र प्रयोग गर्नु परेको जटिल अवस्थालाई ध्यानमा राखि अस्पताल तथा उक्त क्लिनिकको सहायतामा सो निःशुल्क सेवा प्रदान गरिँदै आएको श्रेष्ठले जानकारी प्रदान गरेका छन्। आफ्नो उपचारका लागि लामो समयसम्म टाढा जानुपर्ने र खर्च धेरै लाग्ने अवस्थालाई मध्यजनजर गर्दै त्यस स्थितिको तथा समस्यालाई न्युनिकरण गर्नका लागि यो कार्य शुरु गरिएको हो।  

अस्पतालमा सञ्चालीत सेवा प्राप्त गर्नका लागि यस बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने र सो सेवा अन्य स्थानबाट लिइरहेको अवस्था र आर्थिक स्थितिले विपन्न रहेको विवरण खुलाईएको सो वडा तथा नगरपालिकाबाट सिफारिस लिइ अस्पतालमा आउन सक्ने श्रेष्ठले जानकारी दिएका छन्।  

उक्त सेवा सञ्चालन भएपश्चात् हालसम्म करिव ३६ जना बिरामीहरुले निःशुल्क डाइलेसिस सेवा । सातामा दुई पटकसम्म उक्त संख्याका बिरामीहरुले सेवा लिइरहनुभएको जनाइएको छ। अन्य बिरामीहरुका लागि समेत अन्य अस्पतालभन्दा कम रकममा डाएलेसिसको सेवा प्रदान गरिँदै आएको छ। नगरपालिकाका बिरामी रहेका व्यक्तिहरुका लागि प्राथमिकतामा राखि यस सेवाको सञ्चालन गरिएता पनि राज्यभरका विपन्न रहेका व्यक्तिहरुले समेत यो सेवा लिन सकिने समेत जनाइएको छ। 

डाएलेसिस गर्नका लागि अथवा अन्य सहयोग तथा समस्या परेको खण्डमा बूढानीलकण्ठ नगरपालिका वडा १३ का स्थानिय तथा समाजसेवी भरत श्रेष्ठको सम्पर्क नं ९८५१०५४०७६ गर्न सकिनेछ।