बूढानीलकण्ठ चेतनशिल महिला समाजद्वारा भोली र पर्सि पौष ३ र ४ गते गरि दुईदिन योमरी महोत्सवको आयोजना गर्ने भएको छ।

प्रत्येक वर्ष योमरी पुर्णिमा (पुन्ही) को अवसर पारि उक्त महिला समाजद्वारा बूढानीलकण्ठ मन्दिरमा योमरी महोत्सवको आयोजना गरिँदै आएको छ। 

यस वर्ष उक्त योमरी पूर्णिमा पौष ४ गतेका दिन पर्न गएको छ। सोहि अवसरमा योमरी महोत्सव ३ र ४ गतेका दुई दिन मनाइने छ। समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि तोकिएको छ। 

उक्त महोत्सवमा योमरी लगायत अन्य परिकारहरुको समेत व्यवस्था रहेको आयोजकले बताएको छ।