विश्वभरमा कोरोना भाईरस संक्रमणको क्रम झनै तिब्र रुपमा बढिरहेको अवस्था छ। नेपालमा समेत संक्रमणको बढ्दो संख्यालाई मध्येनजर गर्दै केहि दिनयता कोरोना संक्रमणको परिक्षणको दायरा बढाएसँगै संक्रमणको संख्या झनै बढ्दै जाँदा जोखिम पनि बढिरहेको छ। 

स्थानिय तहहरुमा समेत परिक्षण तिब्र रुपमा गरिएको छ जसमा बूढानीलकण्ठ नगरपालिकामा समेत विगत दुईदिनमा करिव ४६६ जनाको आरडिटी परिक्षणमा ३२ जनामा पोजेटिभ देखिएको थियो। र हाल पिसिआर विधिबाट गरिने परिक्षणगरिनका लागि उक्त व्यक्तिहरुसँगै अन्यको समेत स्वाब संकलन गरि तेकु स्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ।     

यसै परिस्थितिलाई मध्येनजर गर्दै बूढानीलकण्ठ नगरपालिका वडा नं १ मा कुनै किसिमका शुरुवाती लक्षण देखिएका वा शंकास्पद रहेका व्यक्तिहरुको व्यवस्थापन स्वरुप छलफल सम्पन्न गरिएको छ। बू.न.पा १ का अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको छलफलमा सोहि वडामा रहेको खाली स्थानहरुको उपयोग गरि क्वारेन्टिनको व्यवस्था गरिनका लागि वडा समितिका सदस्यहरु, महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख प्र.नि भुपेन्द्र गिरी,  वडाका विभिन्न समाजका बुद्धिजिवि, विभिन्न दलका जनप्रतिनिधि, समाजसेवी, शिक्षक-शिक्षिका तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल कार्यक्रम गरिएको थियो।

हाल अधिराज्यभरि कोरोना संक्रमणका लागि बन्दाबन्दी गरिएको अवस्थामा समेत व्यक्तिहरुले नियम पालना नगरि आवतजावत गरिरहँदा संक्रमण तिब्र रुपले फैलँदै गएको छ। बूढानीलकण्ठ नगरपालिका क्षेत्र भित्र समेत मानिसहरुले अन्य स्थानहरुबाट प्रवेश पाउँदा यस नगरपालिका पनि कोरोनाबाट अछुतो हुन सकेन। तसर्थ बू.न.पा वडा १ भित्र कुनै व्यक्तिमा कथमकदाचित रोगको शुरूवाति लक्षण देखा परेमा सुरक्षाको दृष्टिकोणले वडाका विभिन्न  स्थानमा क्वारेन्टटिनको व्यवस्था गरिनका लागि कतिपय स्थानहरु क्वारेन्टिनका लागि उपयोग हुनसक्ने सम्भावना रहेको हुँदा वडा अध्यक्ष सुरेन्द्र लामाको आयोजनामा उक्त छलफल गरिएको सम्पन्न गरिएको हो। 

क्वारेन्टीनको आवश्यकतालाई महसुस गर्दै  भेलामा उपस्थिति जनाउनुभएको सबैले सहभागिता जनाउँदै आ-आफ्नो भावना व्यक्त गर्नुभएको अध्यक्ष लामाले जानकारी प्रदान गर्नुभएको छ। साथै क्वारेन्टीन राख्दा अपनाउनुपर्ने सावधानीलाई ध्यानमा राख्न समेत निकै जरूरी रहने समेत उहाँले बताउनुभयो। क।वारेन्टीनमा राखिने व्यक्ति साथसाथै अन्य नजिकैका व्यक्तिहरुको उच्च सुरक्षालाई ध्यानमा राख्दै छलफलमा उक्त स्थानहरुलाई क्वारेन्टीन बनाउने निर्णय समेत गरिएको उहाँले बताउननुभएको छ।