विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण विश्वभर बन्दाबन्दाको स्थिति रहेको छ। यसै बन्दाबन्दिको समयमा विभिन्न किसिमका समस्याहरु उत्पन्न भईरहेकै समयमा चोरीको समेत समस्या बढ्दै गएको छ। बन्दाबन्दिका कारण सबैजना घरभित्र भइरहेको समयमा मन्दिर देखि अनेक संघ-संस्थाहरु खालि रहेको समयमा चोरीको समस्या बढ्दै गएको छ। 

यहि बन्दाबन्दिको समयको मौका छोपी रातको समयमा विगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढ्दै गएको छ। चोरीका घटनालाई न्युनिकरण गर्नाको लागी केहि दिनयता महानगरिय प्रहरी बृत्त बौद्धबाट दिनरात सुरक्षाकर्मीहरु खटिरहेका छन्। यसै सिलसिलामा संयुक्त प्रहरी टोलीद्वारा २०७७ बैशाख ३१ गतेको अन्दाजी ०१:०० बजे मध्ये रातको समयमा गोकर्णेश्वर नगरपालिकाको वडा नं ८ को गणेश नगरमा रहेको आनन्द गणेश मन्दिरबाट चोरी भइरहेको अवस्थामा चोरहरु पक्राउ गरेको छ।  

मन्दिरको मूल ढोका फोडेर मन्दिरमा प्रवेश गरि मन्दिर भित्र रहेको दान बाकसभित्र रकम चोरी भएको हो। दानपेटीमा रहेको करिव रु १०,०००/-( दश हजार) रकम चोरी हुँदै गरेको समयमा खटिँदै गरेका सुरक्षाकर्मीहरुद्वारा चोरहरु पक्राऊ गरिएको वृत्तले जानकारी प्रदान गरेको छ। 

यसका साथै भालेश्वर महादेवको ढलोटको मुर्ति तथा नगद रु.३,०००/- (तीन हजार)  समेत चोरी भएको छ। सबै भएको चोरीको घटनामा अन्दाजी जम्मा रु.१७,०००/- ( सत्र हजार) बराबरको धनमाल चोरी गरिरहेको अवस्थामा चोरहरु पक्राऊ गरिएको छ। सो सम्बन्धमा हाल महानगरिय प्रहरी बृत्त बौद्ध बाट थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ पर्ने व्यक्तिहरुमा स्थायी ठेगाना जिल्ला सिन्धुली साङवाले गाउँपालिका रहेको र हाल काठमाण्डौं बू.न.पा. वडा न १०, कपनका १९ वर्षिया र पृथ्वी बि.क नाम गरेका २० वर्षिया रहेको र स्थायी ठेगाना भोजपुर रहेको वृत्तले जानकारी प्रदान गरेको छ। 

पक्राउ परेका दुईहरुबाट बरामद गरिएका सामानहरु चोरीमा प्रयोग गर्ने रड थान १, पेचकस थान १, भालेश्वर महादेवको मुर्ती, मोवाईल थान १ रहेको छ। 

यसैक्रममा केहि दिन अघि मिति २०७७ बैशाख १७ गते साँझको समयमा चन्द्रागिरी नगरपालिका वडा नं १५ को रावत टोलमा बसोबास गर्दै आईरहेका राजेश मानन्धरको घरमा भएको चोरी पछि फरार अर्का इएक व्यक्तिलाई फेाल पारि पक्राउ गरिएको छ। सुन तथा चाँदीको गर-गहना र सि.जि. (CG) ब्राण्डको ३२ ईन्चको टि.भी र साथमा केहि नगद सहित गरि अन्दाजि रु.१५,००,०००/- (पन्ध्र लाख) बराबरको चोरी गरि फरार रहेका जिल्ला दोलखा शैलुङ्गेश्वरी गाउँपालिका वडा नं १ घर भई हाल कोटेश्वरमा बस्दै आएका २७ वर्षिय  छिरिङ भनिने रबिन तामाङलाई सोहि महानगरीय वृत्तले फेला पारेको छ।

सो व्यक्तिलाई थप आवश्यक कारवाहीको लागी महानगरिय प्रहरी वृत्त थानकोटमा पठाईएको जानकारी वृ्त्तले जानकारी दिएको छ। ति व्यक्तिबाट बरामद गरिएका सामानहरु CG कम्पनिको ३२ ईन्चको TV थान १, बुद्धको मुर्ती थान २, NOC लेखिएको मोनिटर थान १, नगद रु ३५००/- रहेका छन्।  

प्रारम्भिक सोधपुछको क्रममा उक्त व्यक्ति २०६८ सालमा महानगरिय प्रहरी वृत्त किर्तिपुरबाट चोरी मुद्धामा रहेको जानकारी समेत वृत्तले पाएको छ। साथै आवश्यक अनुसन्धान पश्चात् उनलाई जिल्ला कारागार ईलाममा ४ वर्ष जेल छुट भएको समेत महानगरीय वृत्तले बताएको छ। 

 -नेपाल प्रहरी,अपराध महाशाखा