राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन चिह्न संशोधन गरिएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको निर्वाचन चिह्न औपचारिक रूपमा संशोधन गरिएको जानकारी दिनुभयो ।

यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब घेरा हटाएर घण्टीमात्रै राखिएको प्रवक्ता ढकालले बताउनुभयो ।

चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न निर्वाचन आयोगमा रास्वपाले पेस गरेको संशोधन प्रस्ताव स्वीकृत भएसँगै चुनाव चिह्न ‘घण्टी’ कायम भएको हो ।