बूढानीलकण्ठ नगरपालिका वडा नं ३ बूढानीलकण्ठ मन्दिरको उत्तर तर्फ रहेको गाई गोठमा रेखदेख गर्दै आएका व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ। 

मिति २०७९ भाद्र २७ गरेका दिन साँझ करिब ७ बजेको समयमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागि घाइते भएका  थिए। 

सो व्यक्तिलाई तत्काल बू.न.पा १३ स्थित करुणा अस्पतालमा उपचारका लागि लगिएको थियो। 

करिव दुई दिनसम्म उपचाररत सो व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। केहि समय अघि देखिनै विद्युतीय तारहरु अस्तव्यस्त रहेको जानकारी गराउँदा समेत उचित व्यवस्थापन हुन नसकेको कारण सो घटना घटेको स्थानीयहरुको भनाइ रहेको छ।