संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको‌ परिसरमा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मन्टरे पार्कमा शनिवार स्थानीय समयानुसार राति १०:२० बजेबाट गोलीबारी सुरु भएको हो। 

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलामा त्यसअघि त्यहाँ हजारौँ मानिसहरू भेला भएका थिए। 

प्रहरीले बन्दुक हमलामा थप १० जना घाइते भएको र तिमध्ये अस्पतालमा केहीको अवस्था गम्भीर रहेको जनाएको छ।उसले सन्दिग्ध हमलाकारी पुरुष भएको जनाउँदै ती अझै फरार रहेको र खोजीकार्य जारी रहेको जनाएको छ।