काठमाडौं, असार ४ गते। पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो।

 मन्त्रालयका अनुसार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी २४ घण्टामा ११ जना सङ्क्रमणमुक्त भएका छन्। मृत्युदर शून्य रहेको नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १०४ पुगेको छ।