बागमति प्रदेश सभा काठमाण्डौँ निर्वाचन क्षेत्र ५'ख' को लागी कृष्ण तामाङले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ। लामो समय देखी एमालेको सक्रिय राजनिति गरेका तामाङले आज एक भव्य कार्यक्रम गरी आगामी संसदिय निर्वाचनमा प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्नु भएको हो। 

वाँसवारी स्थित किङ्स फुड क्याफेमा आयोजित घोषणा कार्यक्रममा उल्लेख्य रुपमा स्थानीयको सहभागिता रहेको थियो। आफ्नो उम्मेद्वारी घोषणा गर्दै कृष्ण तामाङले,'आफ्नो उम्मेद्वारी युवा पुस्ताको लागी भएको र यो देशलाई बचाउनको लागी आफुले आवाज उठाउने बताउनु भएको छ।' आजको कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र का सबै वडाका प्रतिनिधीको सहभागिता रहेको कृष्ण तामाङको सचिवालयले जनाएको छ। 

कार्यक्रममा उम्मेदवार कृष्ण तामाङलाई शुभकामना दिँदै एकिकृत शक्ति नेपालका युवा तथा खेलकुद विभाग प्रमुख नमराज भण्डारीले आफ्नो पुर्ण समर्थन रहने बताउनु भएको छ। धेरै अरुलाई नेता बनाईयो अब हामी युवाहरु आफै नेता बन्ने बेला आएको छ भन्दै सम्पुर्ण युवाहरुलाई देशलाई बचाउनको लागी एकताबद्ध हुन आह्वान गर्नु भएको छ।

बूढानीलकण्ठ नगरपालिकामा स्वतन्त्र मेयर मा उम्मेद्वारी दिनु भएर चौथो हुनुभएका सुमित खरेलले राष्ट्रिय झण्डा ओढाउनु भएको थियो। छोटो मन्तव्य राखेका खरेलले कृष्ण तामाङलाई पुर्ण सहयोग रहने बताउनु भएको थियो। अधिकांश युवाहरुको सहभागिता रहेको थियो। 

प्रदेश सभा ५'ख' मा बूढानीलकण्ठ नगरपालिकाको ३,४,५,६ र ७ वडा काठमाण्डौँ महानगरको वडा नं ३ र टोखा नगरपालिकाको वडा नं २,३,४,५,६ र ७ पर्दछन्।