बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिका सदस्यमा महिला सदस्य पदका लागि ५ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय बूढानीलकण्ठ अनुसार नगरपालिकाको ज्येष्ठ १७ गते हुने कार्यपालिका निर्वाचनको लागि उक्त ५ जनाले मात्र मनोनयनपत्र दाखिला गर्नुभएको भएको हुँदा सो पदमा प्रतिद्वन्द्वी नभएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित हुने महिला सदस्यहरुमा नेकपा (एमाले) कि रिता दाहाल सहित सोहि राजनितिक पार्टीका रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी) , राममाया महर्जन र गोमा मंग्रान्ती छन् ।

कार्यपालिका सदस्यमा अन्य पदका लागि ज्येष्ठ १७ गते निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।