काठमाडौं, असार १७ गते । राजस्व चुहावट गरेको आरोपमा ८० लाख बिगो कायम गरी राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ । 

राजस्व चुहावट गरेको आरोपमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रमेश सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ शिवमन्दिर घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बीने सुनिता बिकविरुद्ध विभागले उच्च अदालत कार्कीमा मुद्दा दायर गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले असार १५ गते पोखरा महानगर–३० स्थित पावरहाउस चोकबाट १००७.७० ग्राम काँचो सुनसहित सुनारलाई पक्राउ गरी राजस्व विभागमा बुझाएको थियो । सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा धापासीस्थित गणेश ज्वेलर्सका सञ्चालन बिकले उक्त सुनको अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको देखिएको विभागले जनाएको छ ।  

विभागले शुक्रबार दुईजना विरुद्ध ८० लाख १३० रुपियाँ विगो कायम गरी सजायको मागदाबी  गरेको छ ।