हुम्ला, वैशाख ३१ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएका छन् । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको ब्यवस्था हुन नसकेपछि आईतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएका हुन् । 

बराह दल गुल्म रानीबनका गुल्मपति गणेश खड्काका अनुुसार आज हेलिकोप्टरको ब्यवस्था हुन नसकेपछि भोलि मात्र लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुनेछन् । लिमीबाट आउने नारा र न्यालुु लेकमा हिउ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको हो ।

लिमीका तीन वटा मतदान केन्द्रहरुमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृृकुटी प्रावि जाङ रहेका छन् । यी तीन वटै मतदान केन्द्रमा पाँच सय भन्दा बढी मत रहेका छन् । लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरु चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुुनुु भएको थियो ।

मतदान र अघिल्लो दिन लिमी जाने दुुवै लेकमा हिमपात भएपनि कर्मचारी पैदल आउन नसक्ने अबस्था रहेको थियो । यसका लागि दुुई दिन ढिलो गरि भएपनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुुन् । लिमीको मतपेटिका नआउदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुुने भएको हो ।

-गोरखापत्र