असोज १ गतेबाट सुरु भएको सुपथ मूल्य पसलमा चिनी तथा दुग्धजन्य पदार्थको अभाव देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गरेको सुपथ मूल्यका पसलमा चिनी र दुग्धजन्य पदार्थ नभेटिएको उपभोक्ताहरुको भनाइ छ ।  

उपभोक्ताहरु सुपथ मूल्यमा चिनी र दुग्धजन्य दपार्थ पनि पाइने आशाले सुपथ मूल्य पसलमा पुगे पनि नपाइएपछि निरास हुँदै फर्किनुपरेको दुखेसो गर्नुभएको छ ।  

उपभोक्ताहरु सुपथ मूल्यमा चिनी र दुग्धजन्य दपार्थ पनि पाइने आशाले सुपथ मूल्य पसलमा पुगे पनि नपाइएपछि निरास हुँदै फर्किनुपरेको दुखेसो गर्नुभएको छ ।  

विद्याराज पराजुली बाहिरी बजारमा चिनीको मूल्य बढी भएर रामशाहपथमा सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा पाइने आशाकासाथ पुग्नुभयो । तर चिनी नभेटेपछि निराश हुँदै अन्य खाद्य वस्तु किनेर फर्कनुपरेको सुनाउनुभयो । दुग्धजन्य पदार्थ पनि पाइने आशा थियो, त्यो पनि पाइएन उहाँले भन्नुभयो । 

उहाँले थप्नुभयो, ‘बाहिर बजारमा चिनीको मूल्य बढी भएर सुपथ मूल्यमा चिनी किन्न आएको थिएँ, यहाँ त चिनी नै रहेनछ । त्यही भएर अन्य खाद्य पदार्थ लिएर हिँडे । दैनिक प्रयोगमा आउने दुग्धजन्य पदार्थ पनि रहेनछ ।’

बाहिर बजारमा चिनीको मूल्य प्रतिकेजी १२० रुपियाँ पुगेकाले सस्तो हुन्छ कि भन्ने आशाले सुपथ मूल्य पसलमा आएको उहाँले बताउनुभयो । यस्तै, सुपथ मूल्य पसलमा दुग्धजन्य पदार्थ पनि नभएको पराजुलीले गु्नासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुपथ मूल्य पसलमा दैनिक प्रयोजनमा आउने दुग्धजन्य पदार्थको अभाव छ । पोहोर साल चिनीसँगै दुध पनि पाइन्थ्यो तर अहिले छैन ।’

शान्ता लामाको पनि गुनासो उस्तै छ । रामशाहपथको सुपथ पसलमा भेटिनुभएकी उहाँले सुनाउनुभयो, ‘अन्य वस्तुहरु सस्तो छ । तर चिनी नै पाइएन । दुध घिउ पनि रहेनछ ।’ दशैंमा चिनीको खपत बढी हुने भएकाले चिनी महँगो मूल्यमा किन्नुपर्ने बाध्यता भएको उहाँले सुनाउनुभयो । 

चिनीको व्यवस्थापन गर्दैआएको साल्ट ट्रेडिङ कर्पोरेसनले भने अर्थमन्त्रालयबाट प्रस्ताव स्वीकृति नभएकाले चिनी खरिद गर्न नसकिएको जनाएको छ ।

चिनीको व्यवस्थापन गर्दैआएको साल्ट ट्रेडिङ कर्पोरेसनले भने अर्थमन्त्रालयबाट प्रस्ताव स्वीकृति नभएकाले चिनी खरिद गर्न नसकिएको जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार गत बर्षपछि अघिल्लो वर्षमा नै खरिद गरेको स्टक चिनीले दशैंको बेलामा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । 

उहाँले भन्नुभयो, “दुई वर्षअघि खरिद गरेको चिनीले नै गत वर्षको दशैंमा सुपथ मूल्य पसल सञ्चालन गरियो । दुई महिनाअघि नै चिनीको स्टक सकिएकाले यसपाली सुपथ मूल्य पसलमा उपलब्ध छैन ।” दुग्ध विकास संस्थानसँग प्रयाप्त मात्रामा दुग्धजन्य पदार्थ नभएका कारण सुपथ मूल्य पसलमा अभाव भएको उहाँले बताउनुभयो ।  

खाद्य व्यापार तथा कम्पनी लिमिटेडले उत्यकामा थापाथली, रामशाहपथ, नख्खु र भक्तपुरबाट सुपथ पसल सञ्चालन गरिरहेको छ ।

खाद्य व्यापार तथा कम्पनी लिमिटेडले उत्यकामा थापाथली, रामशाहपथ, नख्खु र भक्तपुरबाट सुपथ पसल सञ्चालन गरिरहेको छ । रामशाहपथ सुपथ मूल्य पसलका इन्चार्ज अर्पणा कँडेल सुपथ मूल्य पसलमा असोज १ गतेदेखि नै ग्राहकको बाक्लो उपस्थिति रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘बाहिरी बजारमा यहाँ उपलब्ध भएका खाद्य वस्तुको मूल्य बढी छ । यहाँ केही रकम सस्तो हुनेभएकाले असोज १ गतेदेखि नै ग्राहकको भिड छ ।’ दाल, चामल, चिउरा तथा तेलमा प्रतिकेजी, प्रतिसिलिण्डर सात रुपियाँ छुट रहेको छ ।