पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट दुई हजार ३१२  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो।

एक हजार ३६३ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ९४९ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सोही समय कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन भने  १५ हजार ४१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७५ छ।