बूढानिलकण्ठ नगरपालिका वडा-१०मा रहेको कपन प्रहरी प्रभागको प्रमुख रहेकी प्रहरी निरीक्षक कृष्णा बस्याललाई आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई गरिएको छ । कपन प्रहरी प्रभागको कार्यालयमा भएको एक कार्यक्रम विच वहाँलाई बिदाई गरिएको हो।

कपन प्रहरी प्रभागको प्रमुख रहनु भएकी प्रहरी निरीक्षक कृष्णा बस्यालको स्थानमा प्रहरी निरीक्षक स्मृति सिलवाल प्रभागको प्रमुखको रुपमा आउनु भएको छ । सिलवाल यसअघि  नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय रुपन्देहीमा कार्यरत थिईन । 

यस अघि कपन प्रहरी प्रमुख रहेकी बस्याल बागमती प्रदेस प्रहरीतालिम केन्द्र ,सिन्धुली सरुवा हुनु भएको छ ।