वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट १० हजार थान नक्कली मतपत्र, ४८ थान स्ट्याम्प प्याड, २५० थान स्वस्तिक छाप र २ लाख ७२ हजार नगद बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साले जनाएको छ ।