पाल्पामा हिजो एकैदिन दुई जनाको डुबेर मृत्यु भएको छ । तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुलीको मृत्यु भएको हो ।

आइतबार बेलुका पोखरीमा डुबेकी पराजुलीलाई उपचारका लागि मिसन अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, तानसेन–७, बस्ने थमन रानाको १५ महिनाको छोरी प्रिज्माको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । आइतबार बेलुकी ५ बजे आफ्नै घरमा रहेको बाल्टिनको पानीमा डुबेर प्रिज्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुबै घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै, प्रहरीले जिल्लाको रम्भा–१, अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा एक जना मानिसको शव फेला परेको छ । लिङ्ग पहिचान हुन नसकेको सडेगलेको अवस्थामा अन्दाजी १४-१५ वर्षका मानिसको शव फेला परेको प्रहरीले जनाएको छ ।-