डा. निकोलस भुसाललाई हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। मंगलबार गोरखा नगरपालिका–८ रानीवनको ऋषिको कुटीबाट लुकिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो। 
- उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रजिअको घर घेर्ने अभिव्यक्ति दिएका थिए।

उहाँका अनुसार सोमबार साँझ गोरखा आइपुग्नु भएका  भुसाल केही दिनदेखि प्रहरीको खोजीको सूचीमा रहेकाले गोरखा आइपुगेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको  उहाँले बताउनुभयो।

अहिले भुसाल प्रहरीको नियन्त्रणमा भएकाले अबको केही बेरमै काठमाडौं पठाइने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताउनुभयो।