बूढानीलकण्ठ - ८, गणेशचोकस्थित नेसनल युनाइटेडस्कुलको आयोजना तथा नेपाल गोजु-काई कराते डो-संघको प्राविधिक सहयोगमा आगामी शुक्रबारदेखि इण्डो नेपाल खुला कराते प्रतियोगिताको नवौंसंस्करण सुरु हुने भएको छ ।


स्कुलको प्रांगणमा शुक्रबार र शनिबार आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका गरि २५० भन्दा बढी खेलाडीको सहभागिताटा रहने प्रतियोगिताक संयोजक इन्द्रबहादुर शाही खड्गेले जानकारी दिए ।प्रतियोगितामा नेपालका २२४ र भारतका ३२ जना खेलाडीले काता र कुमुते विधामा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगितामा कुमुतेतर्फ महिला र पुरुषको १२–१२ वटा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । कातामा परुष र महिलाको एकल काता समावेश गरिएको छ भने २४ स्वर्ण, २४ रजत र ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीहरु एवम् उत्कृष्ट टिमहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्वारा पुरष्कृत गरिने जनाइएको छ ।